Tuesday, September 2, 2008

विचार र नेतृत्वको संकट -

http://www.kantipuronline.com/kolnepalinews.php?nid=158844
कुमार रेग्मी

विगत ६० वर्षन्दा लामो समयदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्रमा रहेको नेपाली कांग्रेस आज तमासे भएको छ । उसको विरोध र असहमतिका बाबजुद दर्ुइ तिहाइभन्दा बढी मत ल्याएर उसैले शान्तिपर्ूण्ा राजनीतिमा ल्याएको भनिएको नेकपा माओवादीले सरकार बनाएको छ । यो र्समर्थन सरकारले कायम राखेमा संविधान निर्माण प्रक्रियामा समेत ऊ भूमिकाशून्य र तमासे भएर रहनुपर्ने छ । आखिर कांग्रेस किन यो अवस्थामा पुग्यो -

प्रत्येक राजनीतिक संगठन निश्चित विचार र त्यसका आधारमा तयार भएको जनर्समथनको जगमा चलेको र टिकेको हुन्छ । त्यसमा राजनीतिक नेतृत्वको दूरदृष्टि, दृढसंकल्प, कठोर परिश्रम र निःस्वार्थ भावनाले प्रमुख भूमिका खेलेको हुन्छ । नेतृत्व महत्त्वाकांक्षी हुन सक्छ र सामान्य अवस्थामा त्यो स्वाभाविक पनि हुन्छ तर असहज र असामान्य अवस्थामा व्यक्तिगत स्वार्थर्,र् इष्र्या र बदलाका खातिर हजारौंको त्याग, तपस्या, परिश्रम र बलिदानबाट निर्माण भएको संगठनको इतिहासप्रति गद्दारी गर्ने गल्ती गर्नु ह“ुदैन । गरिएमा आज कांग्रेसले भोगेको परिणाम हात लाग्ने छ ।

आफूलाई बीपीको तस्बिरमुनि राख्ने तर बीपीको विचार र मार्गदर्शनलाई चाहिं तिरष्कार गरेर कांग्रेस नेपाली राजनीतिको केन्द्रमा कहिल्यै बस्नसक्ने छैन । बीपीले जीवनभरको राजनीतिक उतारचढाव, दुःखपीडा, यातना, भारत र दरबारस“गका कटु अनुभवसमेतका आधारमा जीवनको उत्तर्रार्द्धमा तयार पारेको राष्ट्रिय मेलमिलाप नीति र जीवनको अन्तिम अवस्थामा दिएका कालजयी सन्देशलाई चटक्कै छाड्नु नै कांग्रेसको वर्तमान दर्ुगतिको मूल कारण हो कि होइन भन्नेबारेमा खोई कांग्रेसभित्र छलफल र बहस चलेको -

बीपीले मुलुकको राष्ट्रिय एकता र अखण्डता कमजोर भएकाले सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनर्ुपर्छ भनी २०३३ सालमा भन्नुभएको कुरा के आज असान्दर्भिक भयो त - मूलतः भारतको नेपाल नीति बुझेर राष्ट्र कमजोर भएको सटिक विश्लेषण गरी फा“सीको सजाय हुनसक्ने अवस्थालाई समेत बेवास्ता गरी बीपी, गणेशमान स्वदेश फर्केपछि नेपालको प्रजातान्त्रीकरण अभियानले पछि र्फकनुपरेको छैन ।

यति हु“दाह“ुदै नेपालको आन्तरिक राजनीतिलाई किन १२ बु“दे सहमति गर्ने नाममा भारतकै पोल्टामा पुर्‍याइयो र त्यसपछि लज्जास्पद ढंगले उसलाई नेपालको आन्तरिक मामिलामा अझ बढी हस्तक्षेप गर्नका लागि किन आमन्त्रित गरियो - कांगे्रसले आन्दोलन र सरकार दुवैको नेतृत्व गरेकाले जबाफ उसैले दिनर्ुपर्छ तर कुनै पनि कांग्रेसी नेतास“ग यसको चित्तबुझ्दो जबाफ छैन । झारा टार्ने केटौली तर्कबाट यी प्रश्नकोे जबाफ दिन सकि“दैन ।

कांगे्रसले ६० वर्षलामो कठोर मिहिनेतसाथ तयार पारेको बाटो छाडेर नया“ बाटो हि“ड्ने निर्ण्र्ाागर्‍यो तर नया“ बाटामा पहिलैदेखि अरू नै हि“डिरहेकाले उसले उचित स्थान पाउन सक्ने कुरै भएन । त्यसैले आफूले टेकिरहेको हा“गा आफंैले काटेर समात्ने हा“गा नभेटेको अवस्थामा आज कांगे्रस पुगेको छ । नया“ बाटो नेपाल, नेपाली र आफ्नै लागि अझ सुरक्षित छ भन्ने विश्वास नहुन्जेल स्थापित भइरहेका बाटामा कु“डाकर्कट भए हटाएर, खाल्डा परेको भए उचित मर्मत गरेर वा बाटाको माथिल्लो पत्र भत्काएर नया“ कालोपत्र राखेर हि“ड्न सकिन्थ्यो । त्यसो नगर्नाले आज ऊ आफूले बनाएको सहर भनी घमन्ड गरे पनि नया“ सहरको बिरानो मानिस हुनपुगेको छ । यो स्वाभाविक छ किनभने नया“ सहरका तीन मुख्य नारा- गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता अहिलेसम्म पनि उसको विधानले स्वीकार नगरेका विषय हुन् ।
छ दशकभन्दा लामो समयसम्म धेरै राजनीतिक उतारचढावका बीच पनि कांगे्रसले आफ्नो स्थापनाकालको उद्देश्य र औचित्यलाई छाडेको थिएन । वास्तवमा त्यही नै उसको वास्तविक पु“जी रहेछ भन्ने कुरा अब धैरैले बुझिसकेको हुनर्ुपर्छ । ६० वर्षा तीनचार पुस्ताले कांगे्रस के हो र कस्तो हो भनेर चिनिबुझसिकेका थिए । उसको बाटो न त उग्रवामपन्थीको थियो न उग्रदक्षिणपन्थीको । उसले रोजेको र लामो समय मलजल गरेको बाटो मध्यमार्गको थियो । उसले निर्माण गरेको मध्यमार्गी बाटामा व्यक्तिगत स्वतन्त्रता र निजी सम्पत्तिलाई उच्च संरक्षण गर्दै, शान्तिपर्ूण्ा जीवनयापन गर्न चाहने, कानुन पालना गर्ने, आफ्नो धर्म, संस्कृति र स्वतन्त्र राष्ट्रिय पहिचान बचाउ“दै आधुनिकतातर्फअघि बढ्ने नेपाली समाजभित्रको सबैभन्दा ठूलो जमात एकाकार भएर हि“डेको थियो । मध्यमार्गी भएकै कारण समयसमयमा संगठन शून्य भएको अवस्थामा पनि यो पुनः मुलुकको प्रमुख परिवर्तनकारी राजनीतिक
शक्ति हुन सफल भएको यथार्थलाई वर्तमानको कांग्रेस नेतृत्वले पर्ूण्ा रूपमा बिर्सिएको देखिन्छ ।

००७ सालको क्रान्तिदेखि नै कांग्रेसलाई मध्यमार्गी धारबाट विचलित गर्राई भूमिकाशून्य गराउने धैरै प्रयास भए पनि नेतृत्वको दूरदर्शिताका कारण ती सफल भएका थिएनन् । विशेषतः बीपीले नेपालको विशिष्ट भूराजनीतिक अवस्थाका कारण गम्भीर र जटिल रहेको नेपालको राष्ट्रियताको प्रश्नलाई र्सवाधिक महत्त्व दि“दै जनताका सम्पर्ूण्ा मौलिक अधिकारसहितको प्रजातान्त्रीकरणलाई कांग्रेसको मूलमन्त्र बनाई त्यसमा विचलित नहुन्जेल यसको उपादेयता र भविष्य छ, अन्यथा यो संकटमा पर्ने छ भनी बारम्बार बोलेको कुरा आज रामवाणझैं प्रमाणित भएको छ तर दर्ुभाय, कांग्रेसभित्रको उच्च नेतृत्व र त्यहा“भित्र चर्का कुरा गरेर आफ्नो रोटी पकाइरहेका अन्य कतिपय दोस्रो र तेस्रो दर्जाका नेतालाई यी कुराले कुनै असर पार्ने देखिन्न ।

कांग्रेसले मध्यमार्गी धार छाड्दै जा“दा विगत दर्ुइ वर्षता जातीय, क्षेत्रीय र साम्प्रदायिक राजनीति डरलाग्दो ढंगले अघि बढेको स्पष्ट छ । नेपालका सबै जातजाति, वर्ण्र्ााधर्म सम्प्रदाय र भाषाभाषी बोल्ने अधिकांश मानिस समग्र राष्ट्रिय हितका पक्षमा छन् तर तिनलाई केही छुद्र निहित र क्षणिक स्वार्थ भएका तत्त्वले भड्काइरहेका छन् । प्रजातान्त्रिक शक्तिका रूपमा कांग्रेसले यस्ताखाले चुनौती सामना नगरेमा बहुसंख्यक नेपालीको राष्ट्रिय पहिचानसहित समग्र राष्ट्रिय हितमा अर्को प्रजातान्त्रिक शक्तिको उपस्थित भई यो अझ भूमिकाशून्य र कमजोर हु“दै जाने छ ।

आफ्नो इतिहासको सम्मानजनक मूल्यांकन नगरी कांग्रेस न त हिजोको जस्तो सबैले विश्वास गर्न सक्ने भरपर्दो संगठन बन्न सक्छ न उसले भविष्यमा निश्चित रूपमा आउने राष्ट्रियता र प्रजातन्त्रमाथिका खतराको मुकाबिला गर्न सक्छ । त्यसैगरी नया“ संविधान निर्माण गर्ने सर्न्दर्भमा छुद्र र सानातिना राजनीतिक फाइदाबेफाइदालाई बिल्कुलै वास्ता नगरी समग्र नेपालको हित कसरी हुन्छ, त्यसैबाट निर्देशित भएर अगाडि बढेमा कांग्रेसले आफैंलाई लगाएका घाउ बिस्तारै पुरि“दै जान सक्नेतर्फऊ सजग हुन जरुरी देखिन्छ ।

Posted on: 2008-08-30 21:34:35

No comments: