Monday, December 31, 2007

ँअबको मेलमिलाप गणतन्त्रका लागि’

कान्तिपुर संवाददाता http://www.kantipuronline.com/kolnepalinews.php?&nid=132939 (Note that this piece of news shows the betrayal of the national reconciliation policy by former Prime Minister Sher Bahadur Deuba).

काठमाडौं, पुस १६, 2064 - नेपाली कांग्रेसका नेताहरूले अब पार्टर्ीी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रका लागि राष्ट्रिय एकता र मेलमिलाप गर्ने बताएका छन् । मेलमिलाप दिवसका अवसरमा सोमबार मुलुकका विभिन्न भागमा पार्टर्ीी मेलमिलाप कार्यक्रम आयोजना गरेको थियो ।

पार्टर्ीी वरिष्ठ नेता शेरबहादुर देउवाले राजास“गको अबको मेलमिलाप केवल गणतन्त्रका लागि मात्र हुने बताएका छन् । देउवाले भैरहवामा पत्रकार भेटघाट गर्दै 'बीपीले चाहेको राजासहितको प्रजातन्त्रजस्तै आफूले बनाउन खोज्दा राजाले स्वीकार नगरेको' उल्लेख गर्दै भने- 'अब कुनै पनि हालतमा गणतन्त्रबाहेक मेलमिलाप हु“दैन ।' अहिलेको राष्ट्रिय मेलमिलापको उद्देश्य गणतान्त्रिक लोकतन्त्र हुन पुगेको उनले बताए । 'मैले राजासहितको प्रजातन्त्रका लागि प्रयास गर्दा शाही कांग्रेसको आरोप लाग्यो,' उनले भने- 'पहिलाको र अहिलेको राष्ट्रिय मेलमिलापको उद्देश्य आकाश- पातालको फरक छ ।'

त्यसैगरी पार्टर्ीी कार्यवाहक सभापति सुशील कोइरालाले आफ्नो शक्तिशाली पार्टर्ीीएकाले यसलाई समाप्त पार्न वामपन्थीहरू लागिरहेकोे आरोप लगाएका छन् । विगतमा राजा पनि कांग्रेस सिध्याउन लागेको तर कांग्रेसको गाउ“-गाउ“मा 'नेर्टवर्क' भएको र जनताले माया गर्ने भएकाले उनीहरूको योजना सफल हुन नसक्ने बताए ।

लमजुङमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले 'कांग्रेस सिध्याउन पहिला राजावादी र दरबार र अहिले वामपन्थीहरू लागेको' उनले आरोप लगाए ।

तर्राईका सशस्त्र व्रि्रोही समूहहरूस“ग सरकारले विश्वस्त सूत्रमार्फ सर्म्पर्कको प्रक्रिया अघि बढाएको शान्ति तथा पुनःस्थापनामन्त्री रामचन्द्र पौडेलले बताएका छन् । मोरङमा पत्रकारहरूस“ग कुरा गर्दै मधेसी जनअधिकार फोरमस“ग वार्ताका क्रममा अध्यक्ष उपेन्द्र यादवले आफूहरूस“ग वार्ता गरी माग पूरा गरे ज्वाला सिंह र गोइतको समूह शान्तिपर्ूण्ा बाटोमा आउने बताएको उल्लेख गरे । उनले भने- 'तर उहा“हरूको समस्या जस्ताको तस्तै रह्यो ।' महामन्त्री विमलेन्द्र निधिले संविधानसभाको सफल निर्वाचनबाटै मधेसी जनताको अधिकार प्राप्त हुने विचार व्यक्त गर्दै सप्तरीमा एक विचार गोष्ठीलाई सम्बोधन गर्दै भने- 'संघीय शासन गणतन्त्र र लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो अधिकार प्रयोग गर्नुपर्छ ।'

आत्मनिर्ण्र्ााो अधिकार प्रयोगले मात्र जनता र्सार्वभौमसत्ता सम्पन्न हुन सक्ने दाबी गर्दै उनले भने- 'संविधानसभा निर्वाचनमा भाग नलिनु भनेको आफ्नो आत्मनिर्ण्र्ााो अधिकारलाई रोक्नु हो ।' निधिले संघीयता, गणतन्त्र, स्वायत्तता लोकतान्त्रिक व्यवस्था चाहने सबैबीच एकता र मेलमिलापको आवश्यकता रहेको बताए । वार्ताको आह्वान गरेको सरकारप्रति विश्वास नभए आफू वार्ताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै निधिले हिंसाको बाटोबाट राजनीतिक अभीष्ट कहिल्यै पूरा हुन सक्दैन । उनले मधेसको आन्दोलनलाई मर्यादित बनाउन साम्प्रदायिकताको भावना त्याग्न आग्रह गरे ।

अर्का महामन्त्री डा. रामवरण यादवले पनि मधेसका सबै माग सरकारले सम्बोधन गरेको र त्यसलाई संविधानसभा चुनावले संस्थागत गर्ने बताए । सरकारले केही गरेन भन्नु राजनीतिक

बेइमानी भएको औंल्याउ“दै उनले मलंगवामा भने- 'आन्दोलनरत समूहको ९९ प्रतिशत माग पूरा भएको छ, बा“की संविधानसभाको निर्वाचनले पूरा गर्नेछ ।'

संघीय प्रणाली, जनसंख्याको आधारमा क्षेत्र निर्धारण, सरकारका सबै अंगमा समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धि लोकतन्त्रका कारण प्राप्त भएको उल्लेख गर्दै यादवले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न संविधानसभाको चुनावलाई सफल पार्न सबै जुट्नर्ुपर्ने बताए ।

सहमहामन्त्री तथा प्रवक्ता अर्जुननरसिंह केसीले तर्राईमा जातीय सद्भाव र मेलमिलाप कायम राख्न सक्रिय भूमिका खेल्न कार्यकर्तालाई वीरगन्जमा आग्रह गरे ।

त्यसैगरी अर्थमन्त्री रामशरण महतले लोकतन्त्रलाई विखण्डनकारी

तत्त्वबाट खतरा भएको बताउ“दै विखण्डनकारी शक्तिलाई परास्त गर्न राष्ट्रवादी तथा लोकतन्त्रवादी शक्ति एक हुनुपर्ने धारणा महोत्तरीको जलेश्वरमा व्यक्त गरे ।

सहिद रामनारायण मिश्रले आफ्नो जीवनको अन्तिम कालमा भनेको 'नेपालको राष्ट्रिय चरित्र भनेको यहा“को विविधता हो र यो नै नेपालको विशेषता हो' लाई स्मरण गर्दै महतले कांग्रेसमा जति मधेसीले नेतृत्व गर्ने अवसर अन्य कुनै दलमा नपाएको दाबी गरे ।

त्यसैगरी केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले कलैयामा राष्ट्र संकटको घडीमा रहेकाले नागरिकले आफ्नो कर्तव्य भुल्न नहुने बताए ।
Posted on: 2007-12-31 21:01:56

No comments: